सूचना नेपाल
१२ साउन २०८१, शनिवार

को बन्ला विश्वकप क्रिकेटको नयाँ च्याम्पियन?

आइसिसी क्रिकेट विश्वकप २०१९ – फाइनल खेल 
न्युजिल्यान्ड भर्सेस इंग्ल्यान्ड 
स्थान – लर्डस्, लन्डन
समय : आइतबार दिउँसो ३:१५ बजे

२७ वर्षपछि क्रिकेट विश्वकपको फाइनलमा पुगेको इंग्ल्यान्डले पछिल्लो चार वर्षमा टिममा धेरै परिवर्तन गरेको छ। सन् २०१५ को विश्वकपपछि औषत जित निकाल्ने टिममा इंग्लिस टिम अघि छ। यस्तै एकै इनिङमा ३ सय भन्दा बढी रन बनाउने आँकडामा पनि इंग्ल्यान्ड अघि रहेको छ।

चार वर्षमा गरेको मिहिनेतले विश्वकपको फाइनलमा पुगेको इंग्ल्यान्डले उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग खेल्दैछ। चौथो पटक फाइनलमा पुगेको इंग्ल्यान्ड अहिलेसम्म उपाधिविहीन छ। सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो।

पहिलो विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको इंग्लिस टिममा ओपनर जासन रोए फर्कनु सुखद् पक्ष हो। लिग चरणमा श्रीलंका र अस्ट्रेलियासँग पराजित भएपछि इंग्ल्यान्डले लगातार खेल जितेर फाइनलमा स्थान बनायो। इंग्लिस टिमको बलियो पक्ष बनेको सुरुवाती ब्याट्सम्यान फर्ममा हुनु हो। जारी विश्वकपमा इंग्ल्यान्डका सुरुवाती तीन ब्याट्सम्यानले कुल १४,७१ रन बनाइसकेका छन्। बलिङमा क्रिस ओएक्ससँगै जोफ्रा आर्चरले एकैनासको खेल देखाइरहेका छन्।

लिगमा चौथो भएर अन्तिम चारमा पुगेको न्युजिल्यान्डले भारतमाथि रोमाञ्चक जित हात पारेर फाइनलमा स्थान बनाएको हो। भारतविरुद्ध देखाएको खेलले न्युजिल्यान्ड अप्रत्यासित नतिजा निकाल्ने सक्ने टिमको रुपमा चित्रित भएको छ।

अनुभवी खेलाडीद्वय कप्तान केन विलियमसन र रोस टेलरले ‘टप अर्डर’ का ब्याट्सम्यान चल्न नसकेको अवस्थामा जिम्मेवारी बहन गरिरहेका छन्। बलिङमा तीव्र गतिका बलरद्वय लकी फर्ग्युसन र मार्ट हेनरीले विपक्षीमाथि निरन्तर दबाब दिइरहेका छन्। अर्का बलर ट्रेन्ट बोल्ट न्युजिल्यान्डका सधैंका भरोसा हुन्।

लगातार दोस्रो पटक फाइनलमा पुगेको न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यानले राम्रो खेल्नु पर्ने जरुरी देखिएको छ। लिग चरणमा इंग्ल्यान्डसँग पराजित भएको न्युजिल्यान्डले खेलमा गरेका गल्ति सुधार गर्नु पर्ने देखिन्छ।

आइतबार लन्डनमा पानी पर्ने सम्भावना छैन। यद्यपी कतैकतै बादल भने लाग्नेछ। मध्यान्हपछि भने घाँम लाग्नेछ। लर्डस् मैदानमा टस जित्ने कप्तानले ब्याटिङ गरेको अवस्थामा सजिलो हुने देखिन्छ। किनकी लर्डस् मैदानका खेलिएका पछिल्ला खेलमा पहिले ब्याटिङ गर्ने टिमले जितेको छ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !