सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका आउट

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा दक्षिण अफ्रिका पाकिस्तानसंग पराजित भएको छ । पराजित भएसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

इग्ल्याण्को लर्ड्समा आइतबार राति सम्पन्न खेलमा पाकिस्तानसँग दक्षिण अफ्रिका ४९ रनले पराजित भएको हो । आफ्नो पाँचौं खेलमा हार ब्यहोरेसँगै दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ । योसँगै विश्वकप क्रिकेटबाट बाहिरिने दक्षिण अफ्रिका दोस्रो देश बनेको छ । यसअघि अफगानिस्तानले खेलेको ६ खेलमा सबैमा हार ब्यहोर्दै विश्वकपबाट बाहिरिएको थियो ।

३०९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५९ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाए । डि कक्ले ४७ र एन्डिल फेहलुकवायोले ४६ रन बनाए पनि जित दिलाउन भने सकेनन् ।

बलिङतर्फ पाकिस्तानका वाहब रियाज र शादब खानले समान ३(३ विकेट लिए । त्यस्तै, मोहम्मद अमिरले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो । उसका लागि अग्रपंक्तिका सबै ब्याट्सम्यानले राम्रो खेले । हरिस सोहिलले ८९ रन बनाए । उनले ५९ बलमा ९ चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै, बाबर अजामले ६९ रन बनाउँदा ओपनर फखर जमान र इमाम उल हकले समान ४४(४४ रन बनाए । यता, इमाद वासिम भने २३ रनमा आउट भए ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध भने राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि इमाम र जमानले ८१ रनको साझेदारी गरेका थिए ।

लंगी नगिदीले तीन विकेट लिए । इमरान ताहिरले भने दुई विकेट लिए ।

जितसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । पाकिस्तानले ६ खेलबाट ५ अंक बनाएको छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !