सूचना नेपाल
१२ साउन २०८१, शनिवार

विश्वकप क्रिकेट : आज बंगलादेश र अफगानिस्तान भिड्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज बंगलादेश र अफगानिस्तानबीचमा प्रतिस्पर्धा हुदैछ ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा बंगलादेश र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो ।

अफगानिस्तानले भारतविरुद्धको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरेको थियो । कुनै एक समयमा भारतलाई पराजित गर्न लागेको अफगानिस्तान अन्तिम ओभरमा आएर पराजित भएको थियो ।

यता, बंगलादेश भने उच्च लयमा देखिएको छ । ठूला राष्ट्रलाई पराजित गर्दै राम्रो छाप छोडेको बंगलादेश आजको खेलमा अफगानिस्तानलाई पनि पराजित गर्दै सेमिफाइनल पुग्ने आफ्नो यात्रालाई निरन्तर दिन चाहन्छ ।

बंगलादेशले ६ खेलबाट दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै ५ अंक बनाएको छ । यता, अफगानिस्तान भने अंकविहीन छ । उसले खेलेका ६ खेलमध्ये सबैमा हार ब्यहोरेको छ ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmकर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जऽान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, इक्रम अलिखिल, मुजिब उर रहमान, नजिबुलाह जऽान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !