सूचना नेपाल
१२ साउन २०८१, शनिवार

शाश्वत धाममा २५ लाख दर्शनार्थी

‘यति सुन्दर र मनमोहक होला भन्ने मैले साेंचेकै थिइन’ अन्सारीले भने– यहाँ भ्रमण गर्नेहरुको बयान सुनेर परिवारसहित आएको हुँ । आफैले प्रत्यक्ष अवलोकन गरेपछि मलाई  यस्तो भव्य स्थान नेपालमा अन्यत्र कहि छैन जस्तो लागेको छ ।

उनको परिवारजन सहित अन्य १० जना आगन्तुकलाई शाश्वत धाम ब्यबस्थापनले फुलमाला र दोसल्ला ओडाएर स्वागत गरेको थियो । यहाँ रहेको एकाम्बरेश्वर मन्दिरको भब्य कलात्मक शैलीले आफुहरुलाई लोभ्याएको र बुद्धिष्ट सेन्टरवाट धेरै ज्ञान सिक्न पाएको अनिसा बेगम खातुनले बताईन् । उनले यो हिन्दू मन्दिर भएपनि आफनो पनि उत्तिकै श्रद्धा रहेको बताईन् । 

नया बर्षका अबसरमा यहा“ पुजाआजा गर्नेको भिड लागेको थियो । हिन्दू धर्मका मुख्य मुख्य देवी देउताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक बिषेशता रहेको छ । 

भब्य र आर्कषक मन्दिर निमार्ण गर्न भारतिय पाँच  दर्जन बढि कालिगढलाई १४ वर्ष समय लागेको थियो । महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दुम्कौलीमा करिब ८० बिगाह  क्षेत्रफलमा फैलिएको डलर अर्बपति बिनोद चौधरीको सिजी इन्डस्ट्रियल पार्क रहेको छ ।

त्यसैको दक्षिणी हातामा चौधरीले शाश्वत धामको निर्माण गरेका छन् । कलात्मक र सुन्दरताका कारण यो मन्दिरमा सबै धर्माबलम्बिहरुको आर्कषणको केन्द्र बनेको छ । 

मन्दिर परिसरमा बैद्विक कर्मकाण्ड गुरुकुल पनि संचालनमा छ । यहाँ ७२ बिद्यँर्थीले निशुल्क संस्कृत अध्ययन गर्दै आएका छन् । यहाँआकर्षक बुद्धिष्ट सेन्टर पनि स्थापना गरिएको छ । जहा“ बुद्ध धर्म सम्वन्धी विशेष जानकारीहरू पाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !