सूचना नेपाल
१२ साउन २०८१, शनिवार

चार ‘ज’को संगम जलजला

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रोल्पाको जलजला अर्को संरक्षित क्षेत्रका रूपमा थपिने भएको छ । अन्नपूर्ण, मनास्लु र गौरीशंकरपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले जलजला संरक्षण क्षेत्र घोषणा गर्ने तयारी गरेको हो । जसलाई चार ‘ज’ अर्थात् जल, जनावर, जंगल र जडीबुटीको भण्डारका रूपमा लिने गरिएको छ ।

समुद्री सतहदेखि तीन हजार ६ सय मिटर उचाइमा अवस्थित जलजला प्राकृतिक रूपमा रमणीय त छ नै पर्यटकीय गन्तव्यका रूपमा पनि नयाँ आकर्षण बनेको छ । यसलाई संरक्षण क्षेत्र घोषणा गरी पयटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य बनाएको जलजला संरक्षण क्षेत्र घोषणा कार्यक्रमका अभियन्ता जीवन रोकामगरले बताए । ‘जलजलालाई संरक्षण क्षेत्रका घोषणा गरी जल, जनावर, जंगल र जडीबुटीको संरक्षण गरी पर्यटकीय क्षेत्रमा विकास गर्ने योजना बनाएका छौँ,’ रोकामगरले भने । 

वन तथा वातावरण मन्त्रालयले जलजला संरक्षण क्षेत्र घोषणा गर्न यज्ञनाथ दाहालको संयोजकत्वमा सम्भाव्यता अध्ययन टोली गठन गरेको छ । टोलीले प्रतिवेदन बुझाएपछि संरक्षित क्षेत्र घोषणा गरिने मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले बताए । ‘सम्भाव्यता अध्ययन टोलीले जलजलाको अध्ययन गरिरहेको छ । प्रतिवेदन बुझाएपछि मात्र घोषणा हुने/नहुने टुंगो लाग्छ,’ ढुंगानाले भने । संरक्षण क्षेत्र हुन लायक देखिए तत्काल घोषणा हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !