सूचना नेपाल
१२ साउन २०८१, शनिवार

रुइसे : धौलागिरि पदमार्गको प्रवेशद्वार

अन्नपूर्ण क्षेत्रमा अर्को पदमार्ग थपिएको छ, धौलागिरि आइसफल । प्राकृतिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण सय किलोमिटर लामो यो पदमार्गबाट धौलागिरि, अन्नपूर्ण र मनास्लुका आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । यही पदमार्गको प्रवेशद्वार हो, रुइसे । 

म्याग्दी सदरमुकाम बेनीदेखि केही घन्टाको दूरीमा रहेको रघुगंगा गाउँपालिकामा पर्छ रुइसे । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रुइसेछेउमै मनोरम हिमशृंखला त उभिएका हुन्छन् नै गुराँसे जंगलले पनि स्वागत गरिरहेका हुन्छन् । यतिवेला रुइसे आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रघुगंगा–२ का वडाध्यक्ष रिमबहादुर कटुवाल बताउँछन् । 

समुद्री सतहदेखि दुई हजार पाँच सय ३० मिटर उचाइमा रहेका भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलाको सीमाक्षेत्र समेटिएको रुइसे–भेडीओढार हिमशृंखलाको काखमै छ । पूर्वमा माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धौलागिरि, पश्चिममा गुर्जा र चुरे हिमालका नजिकबाट नियाल्न सकिन्छ । 

म्याग्दी, बागलुङ र पर्वत पर्यटकीय स्थललाई एकै ठाउँबाट हेर्न सकिने रुइसेमा सूर्योदयको दृश्य मनमोहक हुन्छ । हिमालका मुस्कुराउँदा दृश्यले मनै फुरुंग हुने गरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य बताउँछन् । ‘यस क्षेत्रमा रहेका भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छन्,’ उनको अनुभव छ । 

देशका १०१ गन्तव्यमा सूचीकृत

रुइसेदेखि धौलागिरि आइसफल क्षेत्र सरकारले सूचीकृत गरेको देशका एक सय एक गन्तव्यमा परेको छ । नयाँ पर्यटकीय गन्तव्यमा सूचीकृत भए पनि यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी बताउँछन् । 

रुइसेसम्म पुग्ने पदमार्ग निर्माणमा गाउँपालिका पनि जुटेको छ । यसँसगै  भेडीओढार ढुंगामाथि रेलिङ बनाउन थालिएको छ । यसले पर्यटकलाई सहज हुने अध्यक्ष भण्डारी बताउँछन् । बेनीदेखि रुइसे भेडीओडारसम्म यात्रा गर्दा ऐतिहासिक स्थलको पनि अवलोकन गर्न सकिन्छ । 

कसरी पुग्ने ? 

म्याग्दी सदरमुकाम बेनीबाट दुई घन्टामा गलेश्वर हुँदै भगवती पुगिन्छ । त्यहाँबाट एक  घन्टाको पदयात्रा हो, रुइसे । बेनी र रुइसेलाई सडकले पनि जोडेको छ । सवारीसाधनबाट एक घण्टा २० मिनेट पुगिन्छ, रुइसे । त्यस्तै, गलेश्वरबाट पिप्ले, भगवती हुँदै रुइसे पुगेर कलेजाबाङ, मौवाफाँट र बेगखोला झोलुंगे पुल तरेर फर्किन पनि सकिन्छ । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !