सूचना नेपाल
१२ साउन २०८१, शनिवार

कर्णालीमा साहसिक यात्रा

वारिपारि भीमकाय हरियो चुरे पहाड, फेदीमा सलल बग्दै गरेको निलो कर्णाली । छेवैछेउ देखिने डरलाग्दा चट्टान । यस्तै, रमणीय दृश्य देख्न पाइन्छ, कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टामा । प्राकृतिक रूपमै रमणीय यस स्थलमा अर्को पर्यटकीय प्रडक्ट थपिएको छ, कर्णाली जलयात्रा । कर्णालीमा र्‍याफ्टिङ गर्दा वेग्लै आनन्दको अनुभूति हुन्छ । उस्तै पनि पश्चिमको प्रमुख पर्यटकीय गन्तव्यमध्ये हो चिसापानी । चिसापानीबाट झन्डै २३ किलोमिटर उत्तरमा पर्छ, सोल्टा । सोल्टाबाट सुरु हुने साहसिक जलयात्रा कर्णाली पुल हुँदै टीकापुरको दौलतपुर घाटसम्म पुग्छ । 

४० किलोमिटर लामो यो खण्ड साहसिक जलयात्राका लागि उपयुक्त मानिएको छ । सोल्टादेखि चिसापानीस्थित कर्णाली पुलसम्मको खण्ड जलयात्राका लागि प्रख्यात छ । सोल्टामा सुरु भएर झन्डै तीन घन्टाको जलयात्रा चिसापानी पुग्दा थप मनमोहक हुन्छ, जब वारिपारिको प्राकृतिक सुन्दरता छिचोल्दै बग्ने कर्णाली नदीमाथि एकै खम्बामा अडिएको कलात्मक पुल आइपुग्छ तब नदीको छाल, किनारका अद्भूत चट्टान, हरिया डाँडा छिचोल्दै मनै लोभ्याउने दृश्य पर्यटकले यात्राका क्रममा देख्न पाउँछन् । र्‍याफ्टिङ गर्दा प्राप्त हुने आनन्द शब्दमा बयान गर्न नसकिने बताउँछन् सोल्टादेखि चिसापानीसम्म हालै र्‍याफ्टिङ गरेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा ।

नदी वारिपारिका हरिया पहाड, किनारतिरका अद्भूत लाग्ने चट्टान र चिसापानी पुग्दा देखिने एक खम्बामा अडिएको आकर्षक पुलले छुट्टै आनन्दानुभूति हुने उनको भनाइ छ । ‘सोल्टादेखि चिसापानीसम्म असाध्यै रमणीय ठाउँ रहेछ । निकै आनन्दको अनुभूति भयो, कर्णालीमा र्‍याफ्टिङ गर्दाको मज्जा वेग्लै हुँदो रहेछ,’ मन्त्री बोहराले अनुभव सुनाए ।

केही वर्षयता कर्णालीमा निजी कम्पनीले र्‍याफ्टिङको सेवा दिइरहेका छन् । यद्यपि, पर्यटकको अभावमा दैनिक रूपमा र्‍याफ्टिङ सञ्चालनमा समस्या हुने गरेको र्‍याफ्टिङ गाइड बताउँछन् । कर्णाली र्‍याफ्टिङ एन्ड एड्भेन्चर प्रालिका सञ्चालक विष्णुप्रसाद जैसी कर्णाली नदीमा पानीको बहाव बढी हुनुले पनि र्‍याफ्टिङको आनन्द लिनेहरूका लागि उपयुक्त गन्तव्य भएको बताउँछन् । तर, यसको प्रचारप्रसार नहुँदा आउने पर्यटक न्यून रहेको उनको अनुभव छ । 

चार सय मिटरदेखि ४० किलोमिटरसम्म र्‍याफ्टिङ गर्न सकिने कर्णाली नदी साहसिक पर्यटनसँग प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य बनेको छ 

लामो र छोटो दुवै दूरीमा पर्यटकको चाहनाअनुसार कर्णालीमा र्‍याफ्टिङको सुविधा भएकाले पनि यहाँ सम्भावना बढी रहेको पर्यटन व्यवसायीको भनाइ छ ।  प्रचारका लागि र्‍याफ्टिङ जम्बोरी कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ भएर बग्ने कर्णाली नदी यही रुटमा केही दिनअघि जिल्ला समन्वय समितिले र्‍याफ्टिङ जम्बोरी गरेको थियो । त्यस क्रममा ५० भन्दा बढी र्‍याफ्टिङ बोट नदीमा सँगै चलाइएका थिए । 

र्‍याफ्टिङको प्याकेज

पूर्व–पश्चिम राजमार्गमा पर्ने भएकाले चिसापानीसम्म सहजै पुग्न सकिन्छ । चिसापानीबाट २३ किलोमिटर उत्तर पर्ने सोल्टा पुग्न समयमै सार्वजनिक सवारीसाधन नपाइन सक्छन् । सोल्टासम्म पुग्ने व्यवस्था र्‍याफ्टिङ व्यवसायीहरूले नै गरिदिन्छन् । सोल्टादेखि चिसापानीसम्म र्‍याफ्टिङ गरेको प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ तिर्नुपर्छ । समूहमा जान चाहनेले र्‍याफ्टिङ बोटको १५ हजार रुपैयाँ पर्छ, यसमा नौजना चढ्न पाइन्छ । छोटो दूरीमा केही समय रमाउन चाहनेले चिसापानीभन्दा केही पर पित्मारीबाट र्‍याफ्टिङ गर्न सक्छन् । न्यूनतम एक सय रुपैयाँमा पनि केही अवधिका लागि र्‍याफ्टिङमा बसेर पर्यटकले आनन्द लिन सक्ने व्यवस्था छ । 

उपयुक्त गन्तव्य
१५ वर्षदेखि ‘रिभर गाइड’का रूपमा काम गरेको अनुभव सँगालेका माउन्टेन रिभर र्‍याफ्टिङ काठमाडौंका रिभर गाइड राजु मगरका अनुसार सोल्टादेखि चिसापानीसम्म र्‍याफ्टिङका लागि उपयुक्त गन्तव्य हो । हालै कर्णालीमा र्‍याफ्टिङ गरेपछि मगरले आफ्नो अनुभव सुनाए, ‘यो रुट पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । किनकि, र्‍याफ्टिङसँगै पर्यटकलाई मनमोहक बनाउने दृश्य नदी वारिपारि देख्न पाइन्छ ।’ कर्णाली पुल हेर्न मात्र बर्सेनि हजारौँ पर्यटक चिसापानी पुग्ने गरेका छन् । नयाँ वर्षको पहिलो दिन करिब १० हजार पर्यटक चिसापानी पुगेका थिए । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !