सूचना नेपाल
१२ साउन २०८१, शनिवार

मसँग डराउनुपर्दैन : गेल

१२औँ संस्करणको एकदिवसीय विश्वकप जति नजिकिँदै छ, ब्याट्सम्यान, बलर, फिल्डर र प्रशिक्षकले विश्वकपबारे विभिन्न धारणा सार्वजनिक गरिरहेका छन् । उनीहरु आफ्नो अभिव्यक्तिका साथ विश्वकपमा टोलीको प्रदर्शनबारे सन्देश पनि दिइरहेका छन् । विश्वकपकै पृष्ठभूमिमा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको प्रदर्शन कस्तो रहला भन्ने चासो व्याप्त छ । फर्ममा नरहँदा पनि गेल क्रिजमा रहँदा विपक्षी बलर तर्सिने गर्छन् । यसकारण गेललाई जति सक्यो चाँडो क्रिजबाट हटाउन विभिन्न उपाय बुनिन्छन् । विश्वकपको एक साताअघि गेलले विपक्षी बलरलाई स्पष्ट पार्दै भनेका छन्, ‘तपाईं बलरहरू मसँग डराउनु वा तर्सिनु आवश्यक छैन ।’ अघिल्लोपटकको इंग्ल्यान्डको भ्रमणमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए । 

पाँचौँ र अन्तिम विश्वकप
सन् १९९९ मा विश्वकपमा डेब्यु गरेका गेलको यो पाँचौँ संस्करण हो  । ३९ वर्षीय गेल वेस्टइन्डिजका उपकप्तान पनि हुन् । आफ्नो अन्तिम विश्वकप यात्रा स्मरणीय बनाउन गेलले फरक सोचका साथ ब्याटिङ गर्नेसमेत बताएका छन् । ‘अहिले विश्वकपमा कुन रूपमा प्रस्तुत हुन्छु भन्न सक्दिनँ, तर खेलको अवस्थाअनुसार ब्याटिङ गर्छु,’ उनले भने, ‘इंग्ल्यान्डको पिचमा मलाई ब्याटिङ गर्न निकै मन लाग्छ ।’ पछिल्लो यात्राका कारण आफू इंग्ल्यान्डमा एक उत्कृष्ट इनिङ खेल्न आतुर रहेको उनले बताए । 

‘पछिल्लोपटक यहाँ मेरो ब्याट चलेको थियो, मलाई आशा छ, यसपटक पनि चल्नेछ,’ उनले भने । 

पालो युवाको
सन्न्यास लिने समयमा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा रहँदा आफूलाई द्विविधा लागेको गेलले बताएका छन् । उनले पुराना खेलाडी बाहिर नबस्दासम्म युवा खेलाडीको पालो नआउने बताए । ‘अहिले मेरो टाउकोमाथि युवा खेलाडी छन्, उनीहरूलाई हामीले नै पालो दिनुपर्छ,’ उनले भने, ‘जबसम्म हामी पछि हट्दैनौँ, तबसम्म युवा पिँढीले मौका पाउन सक्दैनन् ।’ विश्वकपपछि राष्ट्रिय टोलीमा नरहने उनले बताए । ‘सम्भवतः म वेस्टइन्डिजको जर्सीमा अन्तिमपटक देखिनेछु,’ उनले भने, ‘विश्वकपपछि म आफ्नो नयाँ गन्तव्यमा लाग्छु ।’ 

फास्ट बलरसँग रमाइलो
पिचको अर्कोतिर फास्ट बलर रहँदा आफू रोमाञ्चित हुने उनले बताए । गेलले स्पिनरभन्दा फास्ट बलरविरुद्ध खेल्न मन लाग्ने जनाएका छन् । ‘क्रिजमा म त्यसवेला रोमाञ्चित हुन्छु, जब अर्कोतिरबाट फास्ट बलर बलिङ गर्न आइरहेका हुन्छन्,’ उनको भनाइ छ, ‘फास्ट बलरको बललाई बाउन्ड्री लगाउन खासै मिहिनेत गर्नुपर्दैन, त्यसमा केवल टाइमिङको पक्ष मात्र आउँछ ।’ स्पिनरविरुद्ध खेल्दा चनाखो हुनुपर्ने उनको भनाइ छ । ‘जब तपाईं स्पिनरको सामना गर्दै हुनुहुन्छ भने त्यसवेला धेरैपटक सोच्नुपर्छ, बल कसरी टर्न भइराखेको छ,’ उनले भने । 

३० महिना बाहिर
सन् २०१५ को विश्वकपमा वेस्टइन्डिज क्वार्टरफाइनलबाट बाहिरिएको थियो । त्यसको ३० महिनासम्म गेलले राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेनन् । बोर्डकै अनुरोधमा उनी पुनः एकपटक टोलीमा फर्किए । लगभग साढे दुई वर्ष टोलीमा नरहँदा आफूलाई पनि नरमाइलो लागेको उनले बताए । ‘ती ३० महिना ज्यादै कठिन रूपमा बितेका थिए,’ उनले भने । विश्वकप छनोटका लागि मात्र आफू तयार भएको उनले बताए । ‘जिम्बावेमा भएको छनोटका लागि मलाई बोलाइएको थियो, एक राष्ट्रसेवकको नाताले टिममा फर्किएँ,’ टोलीमा फर्कनुको कारणबारे उनले भने ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !