सूचना नेपाल
१२ साउन २०८१, शनिवार

१७औँ शताब्दीमा हकी आकारको क्रिकेट ब्याट

आइसिसी क्रिकेट विश्वकप सुरु हुँदै गर्दा क्रिकेटको सुरुआत कहिले र कसरी भयो भन्ने जानकारी आधिकारिक रूपमा पाइन्न । सन् १५९८ मा इटालीका भाषाविद् जोन फ्लोरियोले बनाएको डिक्सनरी ‘अ वल्र्ड अफ वर्डस्’ मा पहिलोपटक ‘क्रिकेट अ विकेट’ शब्द भेटिएको छ ।

क्रिकेट खेलको विकास १५औँ शताब्दीको अन्त्यतिर इंग्ल्यान्डबाट भएको मानिन्छ । जसरी खेलको विकास हुँदै गयो यसको ब्याट, बल र पिचमा पनि बिस्तारै बदलाव हुँदै गयो । सन् १७२० मा क्रिकेट ब्याटको आकार हक्की स्टिकजस्तै थियो । सन् १७५० मा ब्याटको आकार चेप्टो र धारिलो भयो । बल भने कपडा र ऊनको बनाएर क्रिकेट खेल्ने गरिन्थ्यो ।

ब्याटमा यसरी भयो बदलाव
पहिलोपटक ब्याटको प्रयोग सन् १६२० मा भएको मानिन्छ । त्यो समयमा ब्याट्सम्यानले फिल्डरलाई क्याच लिनबाट रोक्न लौरो (ब्याट) को प्रयोग गर्ने गर्थे । त्यसको १०० वर्षपछि ब्याट हक्की स्टिक आकारको हुन थाल्यो । सन् १७२० मा भेडालाई भगाउन जुन लौराको प्रयोग गरिन्थ्यो त्यही लौराबाट गोठालाहरूले क्रिकेट खेल्ने गरेको पाइन्छ ।सन् १७५० मा ब्याटमा थोरै परिवर्तन गरियो । न ब्याट हक्कीको जस्तो थियो न त्यसअघि प्रचलनमा रहेकोजस्तो, थोरै चेप्टो र धारिलो थियो भने ह्यान्डल लामो थियो ।

सन् १७७४–१७९० सम्मकोे ब्याटको आकार अहिलेको ब्याटसँग धेरै मिल्दोजुल्दो पाइन्छ । तलको भाग थोरै गोलो हुन्थ्यो । १७९० मा ब्याटको लम्बाइ भने लामो हुन्थ्यो ।सन् १८००–१८४० को समयमा ब्याटको तलको भाग चेप्टो हुन पुग्यो । पूरै ब्याट एउटै काठबाट बनाउन थालियो । लम्बाइ पनि कम हुन थाल्यो । उक्त समयको ब्याटको वजन साढे दुईदेखि तीन किलोसम्म हुन्थ्यो ।

सन् १९०० देखि अहिलेसम्म ‘ओभरआर्म बलिङ’को सुरुवातसँगै ब्याट बलियो बनाउन सुरु भयो । तीव्र गतिमा आएको बल सहन सकोस् भनेर ब्याट धेरै चौडा हुँदै गयो ।ब्याटको नियम– क्रिकेटको नियम बनाउने संस्था एमसिसीका अनुसार ब्याटको लम्बाइ ९६.५ सेमिभन्दा बढी हुनु हुँदैन भने चौडाइ १०.८ सेमिभन्दा बढी हुनु हुँदैन ।

प्रतिकृया दिनुहोस
प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !