सूचना नेपाल
१२ साउन २०८१, शनिवार

मिडिया कप फुटसल उपाधि एसटिएसलाई सौर्य समाचार

धनगढी । धनगढीमा भएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटिएस टेलिभिजनले जितेको छ । वुधवार भएको फाईनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटिएस टेलिभिजनले उपाधि जितेको हो ।  एसटिएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दिपक उपाध्याय र रोशन चौधरीले समान २÷२ गोल गरे। उपाधिसंगै एसटिएसले नगद १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजार सहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

यसअघि बुधबारै भएका सेमिफाईनलको पहिलो खेलमा पश्चिम टुडेले धनगढी एफएमलाई पराजित गरेको थियो भने एसटिएसले वावा टेलिभिजनलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।  यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटिएसका सागर शाह भए । प्रतियोगितामा फेयर प्ले अवार्ड दिनेश एफएमले जितेको छ ।

यस्तै प्रतियोगिता आयोजना गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मान समेत गरिएको छ । जेठ ४ गतेदेखि सुरु भएर जेठ ८ गते सकिएको नेपाल आईस मिडिया कप फुटसल प्रतियोगितामा नौ वटा टीमले भाग लिएका थिए ।

यस प्रतियोगितालाई चौधरी गुप्रको सिजी ब्रुअरीको उत्पादन नेपाल आइसले मुख्य प्रायोजन गरेको थियो भने प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला खेलकुद विकास समिति रहेका थिए । प्रतियोगिताको प्राविधिक पक्ष फ्ल्याटल्याण्ड फुटसलले हेरेको थियो ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !