सूचना नेपाल
१२ साउन २०८१, शनिवार

कसीलो बलिङ गरेको अफगानिस्तानलाई दियो भारतले २२५ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानलाई २ सय २५ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो ।

भारतको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर मात्र ७ रन हुँदा भरपर्दा ब्याट्सम्यान रोशिच शर्मालाई मुजिब उर रहमानले बोल्ड गरेका थिए । त्यसपछि दबावमा आएको भारतका कुनै पनि ब्याट्सम्यानलाई अफगान बलरहरले खुलेर खेल्न दिएनन् ।

यद्यपि कप्तान विरोट कोहलीले केएल राहुलसँग मिलेर पारी सम्हाल्ने कोसिस गरे । ५७ रनको साझेदारी गरेका राहुल ३० रनमा आउट भए । विजय शंकरले पनि कोहलीलाई राम्रै साथ दिए ।

५८ रनको साझेदारी गरेका उनी २९ रनमा आउट भए । चौथो विकेटका रुपमा कोहली व्यक्तिगत ६७ रनमा आउट भए, जतिबेला भारतको स्कोर १३५ रन थियो । एमएस धोनी र केदार जादवले भारतीय पारी सम्हाल्ने प्रयास गरे । धानी २८ रनमा आउट भए भने जाधव ५२ रनमा आउट भए ।

हार्दिक पाण्डेय ७ र मोहम्मद सामी मात्र १ रनमा आउट भए ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !