सूचना नेपाल
१२ साउन २०८१, शनिवार

प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !

गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।

नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले पनि पानीको अभाव भोगिरहेका छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमबस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौँदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।

संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलबहादुर खड्काको घरमा भएको ट्युवेलबाट निस्कने अप्रशोधित पानी उनीहरुको जीवनजल हो । यो समस्या हिमाल पहाडकाका दुर्गम बस्तीको भन्दा कम छैन । यहाँका स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनका माध्यमबाट गाग्रा, बोत्तल, जर्किनमा पानी हालेर घर सम्म ल्याउने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा उत्तम नेपालले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !