सूचना नेपाल
८ माघ २०८१, मङ्गलवार

आधुनिक स्वरूपमा पशु बजार

दमक — मुलुककै पुरानोमध्येको दमक पशु बजार अत्याधुनिक बनेको छ । दमक नगरपालिकाको स्वामित्वमा रहेको ३ विघा एक कट्ठा २.४ धुर जमिनमा १४ करोड ७२ लाख ६५ हजार ९ सय ७१ रुपैयाँ खर्चिएर अत्याधुनिक पशु बजार निर्माण भएको हो ।

०७३ पुसमा शिलान्यास भएको पशु बजार एक महिनाअघि पूर्णरुपमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

बजारमा बाख्रा र बहुउद्देश्यीय एक/एक तथा भैंसी र गाईको २/२ वटा सेड, बाख्राका लागि एक र गाई/भैंसीका लागि एउटा खुला बजार, प्रशासनिक भवन, आवास गृह, सुरक्षा गार्ड गृह, चमेना गृह, अतिथि गृह, सार्वजनिक शौचालय, व्यवस्थित पार्किङ क्षेत्र, मुख्यद्वार, डिप बोरिङ, पानी प्रशोधन केन्द्र, भेटेरीनरी सेडलगायत निर्माण गरिएका छन् ।दमक पशुपन्छी बजारमा हाल गाईवस्तु ५ सय, खसी/बाख्रा ५ सय, बंगुर एक हजार ५ सय, राँगाभैंसी तीन सय गरी बुधबारको साप्ताहिक हाटमा दुई हजार ८ सय चौपायाको कारोबार हुने गरेको छ । बजारमा कुखुरा र हाँस ७ सय प्रतिहप्ता किनबेच हुने गरेको छ ।

उक्त पशुपन्छी बजारबाट साप्ताहिक हाटमा एक करोड ५० लाख तथा बार्षिक ८० करोड रुपैयाँको कारोबार हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । निर्माणपछि पशु बजार नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले पशु बजार ठेक्का लगाउने प्रक्रिया सुरु गरेको छ ।

नगर कार्यापालिकाको बैठकबाट निर्णय गरी तीन बर्षका लागि बजार ठेक्कामा लगाउने प्रक्रिया अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिए । ‘प्रदेश १ मै सुविधा सम्पन्न र अत्याधुनिक पशु बजार निर्माण भएको छ ।
यो बजारको कारोबारलाई थप वृद्धि हुने गरी त्रिवर्षिय ठेक्का लगाउनेप्रक्रिया सुरु गर्दैछौं’ अधिकृत तिम्सिनाले भने । यसअघि खुला चौरमा बजार लाग्दै आएको थियो । हिउदमा ठिकै भएपनि बर्षातो समयमा पानी जमेर तथा हिलाम्मे भएर बजार प्रभावित हुदै आएको थियो ।
विश्व बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) र नेपाल लाइभस्टक इनोभेसन सेक्टर प्रोजेक्टको संयुक्त लगानीमा सुविधा सम्पन्न पशुपन्छी बजार निर्माण गरिएको हो । दमकमा ०३२ बाट पशु बजार सुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचार569284981737248530

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा