सूचना नेपाल
१२ साउन २०८१, शनिवार

हृदयघात भइ फुटबल मैदानमै ढलेका रेफ्रीको मृत्यु

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाको ए डिभिजन फुटबल खेलको क्रममा रेफ्रीको मृत्यु भएको छ ।

आइतबार भएको खेलमा ३१ वर्षिय रेफ्री भिक्टर ह्युगो हर्टाडो खेलको क्रममा हृदयघात भइ मैदानमा ढलेका थिए । ए डिभिजन क्लब अल्वेज रेडी र ओरियेन्टो पेट्रोलेरो बिचको खेलमा ढलेका उनलाई त्यहाँ उपलब्ध मेडिकल स्टाफले प्राथमिक उपचार गरि थप उचारको लागि एम्बुलेन्सको सहयोगमा अस्पताल लगेको बताइन्छ ।

अस्पताल पुगको उनलाई दोश्रो हृदयघात भएपछि उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताएका छन् ।

३१ वर्षका रेफ्रीलाई यस्तो खतरनाक हृदयघात हुनुको कारण अहिलेसम्म खुलेको छैन । तथापी उचाईंमा रहेको अल्वेज रेडीको मैदान यसको कारण हुन सक्ने आँकनल गरिएको छ । उक्त मैदान समुद्री सतहबाट १३ हजार फिट भन्दा माथी रहेको छ ।

रेफ्री भिक्टरलाई अस्पताल पठाएपछि पुनः शुरु गरिएको खेलमा अल्वेज रेडीले आरियेन्टोलाई ५–० गोलले हराएको थियो ।  

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !