सूचना नेपाल
१२ साउन २०८१, शनिवार

पर्वतारोहणबाट मात्रै ५५ करोड राजस्व सङ्कलन, सगरमाथा चढ्नेको ओइरो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १०६ समूहमा रहेर ८४२ जना स्वदेशी तथा विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य ३० पर्वतको सफल आरोहण गरेका छन् । त्यसबाट ५५ करोड ५ लाख ५७ हजार ७ सय ३८ रुपैयाँ सैंतीस पैसा राजस्व सङ्कलन भएको छ । यो पर्वतारोहण क्षेत्रबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन हो । 

गत आर्थिक वर्ष २०७४/७५ मा पर्वतारोहण क्षेत्रबाट ४६ करोड ६१ लाख ६२ हजार रुपैयाँ मात्र राजस्व उठेको थियो । यस वर्ष आर्थिक वर्ष अन्त्य हुन दुई महिना अगावै ५५ करोड नागेको हो । यो रकम अझ बढ्न सक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले बताए । 

‘५५ करोडमाथिको राजस्व सङ्कलन गर्दै पर्यटन क्षेत्रबाट पर्वतारोहणले नयाँ रेकर्ड कायम गरेको छ । अझ यो रेन्ज बढ्न सक्छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा ६० करोड पुग्ने हाम्रो अनुमान छ ।’ उनले भने, ‘पर्यटन सिजन सकिन लागे पनि पर्यटकको आकर्षण र आगमनको निरन्तरताले भने यो रेन्ज अझ माथि उठ्ने देखिन्छ ।’

गत वर्षभन्दा यस वर्ष करिब २० प्रतिशतले पर्यटन राजस्व बढेको छ । निर्देशक थापाका अनुसार नेपालको भू–राजनीति र पर्यटन पोलिसी लगायत पर्यटन र पर्यटकमैत्री शान्तिपूर्ण वातावरणका कारण बाह्य पर्यटक बढेर गएको हो । त्यति मात्र नभएर पछिल्लो समय आन्तरिक पर्यटकसमेत ह्वात्तै बढेको छ ।  

सगरमाथा चढ्नेको ओइरो  
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको सङ्ख्यामा बढाेत्तरी भएको छ । विश्वभरका पर्वतारोहीको आकर्षण सगरमाथा हुने गरेको छ । पछिल्लो समय विदेशी पर्वतारोही मात्र नभएर नेपाली पर्वतारोहीसमेत सगरमाथा चढ्ने होडमा देखिन्छन् । यसले पर्यटन क्षेत्रको विकास विस्तार एवम् प्रवद्र्धनमा सहयोग त मिलेको छ नै अझ यसले मुलुकको राजस्व सङ्कलनमा समेत महत्त्वपूर्ण योगदान पु¥याएको छ । 
पर्यटन बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र ३७८ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने यसबाट ३९ लाख ७५ हजार अमेरिकी डलर अर्थात् ४३ करोड ९९ हजार २ हजार ७ सय १२ रुपैयाँ सङ्कलन भएको छ, जसमा १३ जना नेपाली पर्वतारोही रहेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) पछि दोस्रोमा ८५१६ मिटर उचाइमा रहेको लोत्छे हिमालप्रति आरोहीहरूको आकर्षण देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा ९२ जना पर्वतारोहीले लोत्छेको आरोह गरेका छन् भने यसबाट एक करोड ८१ लाख ४८ हजार ८ सय १५ रुपैयाँ राजस्व उठेको छ । 

त्यस्तै तेस्रोमा मकालु हिमाल परेको छ, जुन हिमाल ५३ जनाले आरोहण गरेका छन् भने यसबाट एक करोड ५ लाख ३८ हजार ७ सय ३० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यी लगायत नेपालका परिचित र पर्वतारोहणका लागि अत्यन्त महत्त्वपूर्ण मानिएका ६ हजार रेन्ज माथिका कञ्चनजङ्गा, अन्नपूर्ण, लाङ्टाङ, मनास्लु, अपी, पासाङ ल्हामु लगायतका ३० भन्दा बढी पर्वतहरूको समेत पर्वतारोहण भइरहेका छन् । यी हिमाल तथा पर्वतको समेत राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान रहेको छ । 

प्रतिकृया दिनुहोस्
ब्रेकिङ न्युज

समाचारसरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

समाचारनेकपामा पुराना उम्मेदवार दोहोरिएनन्, के होला अर्थमन्त्री खतिवडाको सांसद पद ?

स्वास्थ्यके तपाईंंको पनि हतारमा खाना खाने बानी छ ?

खेलकुदइपिएलमा विदेशी खेलाडीका लागि नयाँ नियम

बिज्ञान / प्रविधीरुसले बनायो आवाजभन्दा २० गुणा तेज उड्न सक्ने मिसाइल, अमेरिका हेरेको हेर्यै

समाचारनेकपाले छान्यो नारायणकाजी श्रेष्ठसहित राष्ट्रिय सभाका १६ उम्मेदवार [नामावलीसहित]

समाचारसामान्य बदलावसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता, अढाइ अर्ब चाँडै पठाइँदै

प्रदेश ७डडेल्धुरामा भारी हिमपात : भिमदत्त राजमार्ग अवरुद्ध हुँदा ७ जिल्लाको यातायात ठप्प

अर्थ / पर्यटनसुनचाँदी धितोमा ३६ अर्ब ७९ करोड रुपैयाँ कर्जा

कला / साहित्यकसले पो देख्छ र मनको पहिरो !